विकासमा सबै राजनीतिक दल एकताबद्ध बनौँ



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवाष नेम्वाङले सबै राजनीतिक दलहरुलाई एकतावद्ध भएर अघि बढन आह्वान गर्नु भएको छ ।

उपनेता नेम्वाङले मुलुकलाई अघि बढाउन अझै पनि दलहरु एकैठाउँमा उभिनुपर्ने अवस्था रहेको पनि स्पष्ट पार्नु भयो । गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले हिमाल, पहाड र मधेशका जनतालाई अझै एकतावद्ध बनाएर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

उपनेता नेम्वाङले गणेशमान सिंहले देखाएको बाटोबाट अघि बढने हो भने सबै राजनीतिक दलहरुले एक ठाउँमा उभिएर राष्ट्रको सेवामा लाग्नुपर्ने पनि उल्लेख गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्