निजगढकाे भवरा पुलमा जीप दुर्घटना, ३ को मृत्यु



बारा । निजगढ नगरपालिका ७ भवरा पुलमा आज विहान भएकाे जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । शनिबार विहान १ बजे चपुरबाट निजगढ आउदै गरेको बा २ ज २११७ नम्बरको टयाक्सीलाई ग २ च २३२५ नम्बरको बोलेराेले ठक्कर दिएकाे थियाे ।

दुर्घटनामा टयाक्सीमा सवार ५ जना मध्ये तिन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिकापा ७ बस्ने २५ बर्षीय बिशाल माझी, सोहि स्थानका २५ वर्षीय तिलक माझी र भक्तपुरका २८ वर्षका समुन्द्र श्रेष्ठ रहेको छन् । दुर्घटनामा घाईतेहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्