सभामुख महराको २३ वर्षपछि आफ्नै घरमा भाइ टीका



रोल्पा । सभामुख कृष्णबहादुर महराले २३ वर्षपछि आफ्नो जन्मघरमा तिहारको टीका लगाएका छन् । रोल्पा नगरपालिका–१ मेवाङमा रहेको जन्मघरमा सभामुख महराले जेठी फुपू विष्णु केसीको हातबाट टीका लगाएका हुन् ।

तत्कालीन माओवादीले जनयुद्ध थाल्नुअघि २०५२ सालमा आफ्नै जन्मघरमा टीका लगाएका महराले शान्ति प्रक्रियापछि पहिलोपटक आफ्नै घरमा टीका लगाएका हुन् । सशस्त्र युद्ध शान्ति प्रक्रियामा रुपान्तरण भएयताको १२ वर्षसम्म सभामुख महरालाई पुख्र्यौली घर आएर टीका लगाउने अवसर जुरेको थिएन ।

सभामुख महराले जन्मघरमा टीका लगाएपछि रोल्पा नगरपालिका–१ धारापानीमा रहेको पुख्र्यौली घर पुगेर साइलो बुबाको छोरी रामकुमारी महराको हातबाट समेत टीका लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्