कोइराला परिवारले यसरी लगायो भाइटीका



काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफ्ना दाईहरूलाई भाइटीका लगाइदिएकी छिन् ।

काठमाडौंको मण्डिखाटारस्थित निवासमा जम्मा भएका दाईहरूलाई सुजाताले साइतमा भाइटीका लगाइदिएकी हुन् ।

सुजातासँग टीका लगाउन प्रकाश कोइराला, डा.शेखर कोइराला, डा.शशांक कोइरालाहरू बहिनीको घरमा पुगेका थिए ।

भाइटीका लगाएपछि सुजाताले दाईहरूलाई रोटी, मसलाहरू खान दिएकी थिइन् । दाईहरूले पनि आ–आफ्नो गच्छअनुसार सुजातालाई दक्षिणा दिएका थिए ।

नेपाली कांग्रेसका नेताहरूले पनि भाइटीका लगाएका छन् । उनीहरूले आफ्ना दिदीबहिनीहरूसँग परम्पराअनुसार भाइटीका लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्