दुई बहिनीको हातबाट भाइटीका लगाउँदै प्रधानमन्त्री ओली



फाइल फोटो

 

 

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन शुक्रबार भाइटीका । यो दिन दिदीबिहनीहरूले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर दीर्घायुको कामना गर्छन् ।

विभिन्न नेताहरूले पनि यो दिन दिदीबहिनीबाट भाइटीका लगाउँदैछन् । यो पटकको भाइटीका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा लगाउने भएका छन् ।

उनले आफ्ना दुई बहिनीहरूसँग भाइटीका लगाउने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइारालबाट भाइटीका लाउने भएका हुन् ।

चिकित्सकहरूले आराम गर्नू भनेकाले स्वास्थ्यलाई ख्याल गर्दै प्रधानमन्त्रीको भाइटीका बालुवाटारमै तय गरिएका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीले चितवनमा बस्दै बस्दै आएकी जेठी बहिनी विष्णुमाया ढकाल र काँकडभिट्टामा बस्दै आएकी माइली बहिनी कमलादेवी कोइरालाबाट भाइटीका लगाउने भएका हुन् ।

उनीहरू दुवैजनालाई बिहीबारै राजधानीमा बोलाइसकिएको छ। भाइटीकाको निर्धा्रित उत्तम साइतमै प्रधानमन्त्री ओलीले बालुवाटारमा भाइटीका लगाउने जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक अधिकारीले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्