६ जुवाडे पक्राउ



स्याङ्जा । भिरकोट नगरपालिका वडा नम्बर ६ का ईश्वर केसीको घरमा राति मादक पदार्थ सेवन गरी जुवा खेल्दै गरेका ६ जुवाडेलाई प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा भिरकोट नगरपालिकाका सुवास रेग्मी, ईश्वर केसी, डिल बहादुर गोदार, भिरकोट १ बस्ने राज चन्द्र थापा, यामलाल श्रेष्ठ र पुतलिबजार नगरपालिका ११ का योजन केसी रहेको प्रहरीले जनाएको छ ।

गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरीको टोलीले जुवातास खेली रहेको अवस्थामा नगद ३ लाख ५६ हजार ३ सय रुपैयाँ र तीन गड्डी तास सहित पक्राउ गरिएको र पक्राउ परेका लाई प्रचलित कानून बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्