चेल्सी नकआउट चरणमा प्रवेश



काठमाडौं । इंग्लिस क्लब चेल्सी युईएफए युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।  युरोपा लिग अन्तर्गत गएराति भएको समूह चरणको चौथो खेलमा बाटे बोरिसोभलाई १–शुन्य गोलले हराएर चेल्सीले अन्तिम ३२ को यात्रा तय गरेको हो ।

घरेलु टोलीले पहिलो हाफ गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा खेलको ५२ औं मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई १–शुन्यको जित दिलाए । जितसँगै समूह एलमा रहेको चेल्सीले ४ खेलबाट ४ जितसहित १२ अंक जोडेर नकआउट चरणमा स्थान बनाएको छ । चेल्सीले सन् २०१२ पछि पहिलोपटक युरोपा लिगमा ४ खेलमा लगातार जीत निकालेको हो ।

पराजित बोरिसोभको ३ अंकसहित समुहको पुछारमा छ । यसै समूहको अर्को खेलमा भिडी एफसीले थेसालोन्की एफसीलाई १–शुन्यले नै हराएको छ । दोस्रो स्थानमा रहेको भिडीको ६ अंक छ भने थेसालोन्कीको ३ अंक छ ।

प्रतिक्रिया दिनुहोस्