बालुवाटारमा भाइटीकाको तयारी यस्तो



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीबाट भाइटीका लगाउने भएका छन् । उनलाई टीका लगाउन दुई बहिनीहरु काठमाडौ आएका छन् ।

टीकाको ११ बजेर ५५ मिनेटको शुभसाइतमा प्रधानमन्त्री ओलीले विष्णुमाया ढकाल र कमलादेवी कोइरालाको हातबाट सप्तरंगी टीका थाप्नेछन् । अस्वस्थ भएपछि पाँच दिन अस्पतालमा भर्ना भएर उपचार गरेका ओली प्रधानमन्त्री निवास बालुवाटरमा नै आराम गरिरहेका छन् ।

ओलीकी जेठी बहिनी विष्णुमाया चितवनबाट आएकी हुन् । माहिली बहिनी कमलादेवी कोइराला भने झापाको काकरभिट्टाबाट दाजु तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाइदिन आएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्