पूर्वप्रधानमन्त्री देउवाद्वारा शुभकामना व्यक्त



काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल संवत् ११३९ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

नेपाल संवत्का अवसरमा आज शुभकामना सन्देश जारी गरेर विपक्षी दलका नेता देउवाले पारस्परिक एकता र सद्भावलाई अघि बढाउन सकेमा मात्र नेपाललाई शान्त, समृद्ध र समुन्नत बनाउन सकिने बताए ।

सन्देशमा उनले हाम्रो देशलाई शान्त, समृद्ध र समुन्नत राष्टमा रुपान्तरण गर्न नेपाल संवत्को नयाँ दिनले यही प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

यसैगरी भाइटीकाको अवसरमा उनले आजै अर्को एक शुभकामना सन्देश निकालेर अन्धकार विनाश गर्ने उज्यालोको यो चाडले नेपालको अभिशापका रुपमा रहेको सबै खालको अँध्यारोमाथि विजय प्राप्त गर्न प्रेरणा मिलोस् भन्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्