शिक्षक सेवा आयोगको वेवसाइट ह्याक



काठमाडौं । शिक्षक सेवा आयोगको वेबसाइट टिएससी डट जिओभी डट एनपी ह्याक भएको छ ।

तिहारमा सरकारी कार्यालय बिदा रहेका बेला आयोगको वेबसाइट ह्याक भएको हो ।

बिहीबार बिहान खोल्दा यो साइट ह्याक भएर एउटा सन्देश छाडिएको अवस्थामा पाइएको छ । विशेष गरी सुरक्षामा लापर्बाही गरिंदा नेपाल सरकारका वेबसाइटमाथि ह्याकरले निशाना बनाउँदै आएका छन् ।

वेबसाइट ह्याकरको निशानामा परेकोबारेमा शिक्षक सेवा आयोगका अधिकारीहरूलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । ह्याक गरिएको वेबसाइटमा ‘ह्याक्ड बाइ एक्स ड्यास एम थ्री एन्’ लेखिएको छ ।

यो साइटमाAnonymous Philippines – C0D3X Cyber Army -BloodSecurity International – Global Security Hackers PureHackers – PinoyLulzsec – Anonymous X-Protocol – Pinoy Vendetta Copyrights – 2018 लेखेर छाडिएको छ । ह्याक गरिएपछि आयोगको साइटको अग्रपृष्ठमा एउटा तस्बिर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्