च्याम्पियन्स लिग : रियल, सिटी, युनाइटेड र म्युनिख विजयी



काठमाडौं । च्यापम्पियन्स लिग अन्तर्गत बुधबार राती भएका खेलमा रियल मड्रिड, म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड, र वायर्न म्युनिख विजयी भएका छन्।

समूह एफ अन्तर्गतको खेलमा इङ्लिस क्लब सिटीले सख्तार डोनेस्कमाथि ६–० को फराकिलो गोल अन्तरले हरायो। सिटीका लागि ग्याब्रियल जेससले ह्याट्रिक पुरा गरे। जेससले २ गोल पेनाल्टि मार्फत गरेका थिए भने अर्को गोल खेलको ९२ औं मिनेटमा गरेका थिए। सिटीका लागि डेभिड सिल्भा, रहिम स्टर्लिङ र रियाद महारेजले समान एक एक गोल गरे।

त्यस्तै बुधबार राती नै भएको समूह एच को खेलमा म्यान्चेस्टर युनाइटेडले युभेन्ट्सलाई २–१ ले पराजित गरेको छ। युभेन्ट्सका लियोनार्दो बोनुसिको आत्मघाती गोलमा युनाइटेड विजयी भएको हो। युनाइटेडका लागि अर्को गोल खेलको ८६ औं मिनेटमा जुवान माटाले गरेका थिए। क्रिस्टियानो रोनाल्डोको गोल मार्फत खेलको ६५ औं मिनेटमा युभेन्ट्सले खेलमा अग्रता बनाएपनि जित भने हात पार्न सकेन।

त्यसैगरी समूह जी को खेलमा रियल मड्रिडले भिक्टोरीया प्लाजेनलाई ५–० को अन्तरले पराजित गरेको छ। रियलको जितमा करीम बेन्जमाले २ तथा क्यासिमेरो, ग्यारेथ बेल र टोनी क्रुसले समान एक एक गोल गरे।

यस्तै समूह इ को खेलमा वायर्न म्यूनिख विजयी भएको छ। वायर्नले एइके एथेन्सलाई २–० ले पराजित गर्यो। वायर्नका लागि दुवै गोल रोवर्ट लिवान्डोस्किले गरे ।

प्रतिक्रिया दिनुहोस्