राधामाथि फेरि पनि कुटपिट



काठमाडौं । बोक्सीको आरोपमा २०७४ फागुन २४ गते लगातार ६ घण्टासम्म कुटाई खाएकी कैलालीको घोडाघोडी नगरपालिकाकी राधा चौधरीमाथि पुनः कुटपिट भएको छ । स्थानीय एक जनाले बोक्सीको आरोपमा राधालाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

चौधरीमाथि स्थानीय कालीचरण चौधरीले बुधबार कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । कुटपिटमा संग्लन कालीचरणलाई इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरिसकेको छ।

झण्डै एक वर्ष अघि राधामाथि भोलेबाबा भनिने रामबहादुर चौधरीसहित ३ जनाले लगातार ६ घन्टासम्म कुटपिट गरेका थिए । भोलेबाबा सहित उनीहरु जिल्ला अदालतको आदेशपछि कैलाली कारागारमा कैद सजाय भोगिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्