नेपाल सम्वतको घटना हामी सबैका लागि प्रेरणादायी : प्रधानमन्त्री



काठमाडाैं ।

नेपाल संवतको नयाँ वर्ष ११३९ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शमा ओलीले नेपाल सम्वतका प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर साख्वा शताब्दीऔं पछि स्मृतिमा जीवित रहेको बताएका छन् ।

साख्वा कै योगदानका कारण नेपाली समाजको गौरवशाली विगत र मूल्य मान्यतालाई अक्षुण्य राख्नसमेत नेपाल सम्वतले झकझक्याउँदै आएको प्रधानमन्त्रीको भनाइ छ ।

नेपाल सम्वतको सुरुआतको घटना पनि हामी सबैका लागि प्रेरणादायी रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । उनले नेपाल सम्वतलाई परोपकारी भावना स्मरण गर्ने दिनको रुपमा समेत ब्याख्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्