मूलपानी क्रिकेट मैदानमा खेलिरहेकी बालिका बलात्कृत



काठमाडौं । काठमाडौंको मूलपानीमा बुधबार दिउँसो बालिका बलात्कृत भएकी छन् । मूलपानीको क्रिकेट मैदानमा खेलिरहेकी बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो १२ बजे क्रिकेट मैदानको कम्पाउण्ड बनाउने मजदुरहरुले १२ वर्षीया बालिकालाई बलात्कार गरेका हुन् ।

कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ६ मा पर्ने  क्रिकेट मैदानभित्र घुम्न आएका बेला बालिका बलात्कारमा परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी होविन्द्र वोगटीले जानकारी दिनुभयो । घटनामा संलग्नको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउर पर्नेमा बर्दियाका नरेश चौधरी, बिक्कु थारु, डिल्लीराम थारु र धादिङका रविन इटनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्