रुकुममा दश किलो चरेश सहित ३ जना पक्राउ



धनवीर दाहाल, रुकुम । दश किलो अबैध लागु औषध चरेश सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं १३ भल्म भन्ने स्थानबाट १० किलो लागु औषध चरेश सहित ३ जनालाई पक्राउ गरेको हो । प्रहरीले चरेश सहित आठबिसकोट नगरपालिका वडा नं ९ राडी बजारका इन्द्र चन्द र कर्णबहादुर शाही तथा सल्यान सिद्धकुमाख गाँउपालिका ढोरचौरका हिक्मत बुढाथोकीलाई पक्राउ गरेको छ ।


यसै गरी उनीहरुबाट नगद ४३ हजार रुपैंया, सानो तराजु २ थान, डिजिटल स्प्रिङ तराजु १ थान, नाप तौल गर्ने पुरानो सिक्का १७ वटा, र आधा के.जीको ढक एक थान बरामद गरेको हो । बिशेष सुचनाका आधारमा कर्णाली प्रदेश प्रहरी ब्युरोको टिम र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरिक्षक ऋिसी ढुंगाना नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताउनुभयो । पक्राउ गरेकाहरुको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्