पीपीएलः फाइनलमा चितवनद्वारा पोखरालाई १ सय ६१ रनको चुनौती



काठमाडौं  । पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल खेलमा चितवन राइनोजले पोखरा पल्टनलाई १ सय ६१ रनको चुनौती दिएका छन् ।

 

सोमबार पोखरा रंगशालामा भइरहेको खेलमा पोखराले टस जितेर ब्याटिङको निम्तो दिएका चितवनले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ६० रन जोडेका हुन् । चितवनका लागि सर्वाधिक कप्तान पारस खड्काले ३८ बलमा ५१ रन जोडेका छन् ।

 

त्यस्तै सनी पट्टेलले चितवनका लागि विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रनको योगदान दिएका छन् । अनिल शाहले ३८ बलमा ३७ रन जोडेका छन् । आरिफ शेख १४ रन जोड्दै नटआउट रहे । ओपनर अनिल कुमार शाहले ३७ रन बनाएर आउट भए ।

चितवनका लागि कप्तान पारस खड्का र अनिलकुमार शाहले इनिङ्स सम्हालेका थिए । पहिलो विकेटको रूपमा ९ रन हुँदा हरिशंकर शाहलाई गुमाएको चितवनले ८५ रन हुँदा दोस्रो विकेटको रूपमा पारसलाई गुमाएको थियो । त्यस्तै, १३५ रन हुँदा चितवनले तेस्रो विकेटको रूपमा अनिललाई गुमाएको थियो ।

पोखराका लागि ललितनारायण राजवंशी र मोहम्मद नाभिदले समान १(१ विकेट लिए । अ पोखराले केही समयपछि चितवनको विरुद्ध ब्याटिङ गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्