मेसी मैदान फर्कंदै



लन्डन, (एजेन्सी)
चोटका कारण विश्राममा रहेका बार्सिलोनाको कप्तान लियोनल मेसी च्याम्पियन्स लिगअन्तर्गत इन्टर मिलानसँगको खेलबाट मैदान फर्किने भएका छन्।

सेभियाविरुद्धको खेलमा हातमा चोट बोकेका मेसीलाई मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले टोलीमा समावेश गरेका छन्।

चोटपछि कम्तीमा तीन साता विश्राम गर्ने भनिए पनि मेसी सोचेभन्दा अगावै प्रशिक्षणमा फर्किएका थिए। प्रशिक्षणमा फर्किए पनि मंगलबार हुने खेलमा टोलीमा अटाउने अपेक्षा कमैले गरेका थिए। इन्टरविरुद्धको खेलमा मेसी टोलीमा समावेश गरिए पनि प्लेयर्स बक्समा नै सीमित हुने सम्भावना भने अधिक रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्