डा. पुष्पालाई अदालतले पुनर्बहालीको आदेश



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश पाएकी सचिव डा. पुष्पा चौधरीले आइतबारबाट पुनः स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेकी छन्।

सचिव चौधरीले सरकारले गत २८ असोजको निर्णय भन्दै कात्तिक ९ मा सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा भएको पत्र पठाएको थियो।

एक साता नबित्दै सचिव चौधरीले सरकारको निर्णयविरुद्ध बिहीबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। सो रिटको शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै चौधरीको पक्षमा अन्तरिम आदेश जारी गरिएको हो। सोही आदेशअनुसार सचिव चौधरी आइतबार स्वास्थ्य मन्त्रालयमा हाजिर हुन पुग्नुभएको हो।

सर्वाेच्च अदालतले स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। डा. चौधरीले आफूलाई गैरकानुनी ढंगबाट सरुवा गरिएको भन्दै बिहीबार सर्वाेच्चमा रिट दर्ता गराउनुभएको थियो। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजालसले यस्तो आदेश गरेको हो।

प्रतिक्रिया दिनुहोस्