परीक्षामा निवेदक नै सामेल भएनन्



विशेषज्ञ पढाइ पूरा गरेर सोअनुसारको सेवा प्रदान गर्न नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको काउन्सिल विशेषज्ञ दर्ता परीक्षा (लाइसेन्सिङ परीक्षा) मा ३४ प्रतिशत चिकित्सक असफल भएका छन्।
१४औं प्रवेश परीक्षामा ४२ विधाका ५ सय ३ जना चिकित्सक परीक्षामा सामेल भएकोमा ६६ प्रतिशतले मात्रै परीक्षा उत्तीर्ण गरेको काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारी बताउनुहुन्छ। यसपटक सहभागीमध्ये ३ सय ३२ जना पास भएका थिए भने १ सय ७१ जना अनुत्तीर्ण भएका थिए। यो काउन्सिलले लिने विगतका परीक्षाको तुलनामा औसत नतिजा हो। यसअघि सन् २०१७ मा भएको एउटा लाइसेन्सिङ परीक्षामा
२९ प्रतिशत मात्रै विशेषज्ञ चिकित्सक पास भएका थिए।

७ जनाले परीक्षा फर्म भरेर पनि उपस्थित भएनन्। त्यसअघि नेपालमा एमबीबीएस पास गरेपछि मात्रै अभ्यासका लागि लाइसेन्सिङ परीक्षा हुने गथ्र्यो। काउन्सिलले सन् २०१२ मा अन्तर्वार्ताका रूपमा लाइसेन्सिङ शुरू गरेको थियो।

त्यति बेला चीनबाट विशेषज्ञ डिग्री लिएर आएका चिकित्सकको प्रमाणपत्रमा शंका उत्पन्न भएपछि पासपोर्ट मागेर हेर्दा उनी नेपालमै बसेरै प्रमाणपत्र ल्याएको पुष्टि भएपछि विशेषज्ञको समेत लाइसेन्सिङ परीक्षा शुरू भएको थियो।

प्रतिक्रिया दिनुहोस्