रगतको मूल्य नबढाउन सरकारको निर्देशन



नेपाली नागरिकले स्वेच्छिक दान गरेको रगत नेपाल रेडक्रस सोसाइटीले विभिन्न परीक्षणको बहानामा असुल्दै आएको शुल्क नै गैरकानुनी भन्दै सवाल उठिरहेको अवस्थामा पछिल्लो समय नेपाल रेडक्रसले प्रतियुनिट रगतमा १ सय रुपियाँ बढाउने निर्णय गरेकोमा तत्काल रोक्न सरकारले नेपाल रेडक्रस सोसाइटीलाई निर्देशन दिएको छ।

रक्तदानसम्बन्धी कार्यक्रमको नियमन गर्ने निकाय राष्ट्रिय रक्तसञ्चार ब्युरोले आज रेडक्रसअन्तर्गतको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र ब्लड बैंकलाई पत्र लेखी सो निर्देशन दिएको हो। उनले ब्युरोको निर्णयअनुसार रगतको मूल्य बढाएको भन्ने सूचनाका विषयमा समेत ब्लड बैंकसँग स्पष्टीकरण माग गरेको छ।

ब्युरोको निर्णयअनुसार भन्दै केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र ब्लड बैंकले गत १५ कात्तिकमा एक सूचना जारी गरी प्रतियुनिट रगतमा १ सय रुपियाँ थप गरिएको बताएको थियो।

यसअघि बिरामीका आफन्तले प्रतियुनिट सरकारी अस्पतालका लागि भए ५ सय २५ रुपियाँ र निजी अस्पतालका लागि भए ६ सय ७५ रुपियाँ तिर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्