भारतीय ओभरलोड गाडिलाई नियन्त्रण गरिन्छ: डिआईजी अधिकारीे



यमलाल भुसाल, बुटवल ।
पांँच नम्बर प्रदेशका प्रहरी प्रमुख तथा डिआईजी पिताम्बर अधिकारीले शान्ति सुरक्षा कायम गर्ने गरी सुरक्षा योजना बनाईएको बताउनु भएको छ ।

नागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराउने गरी प्रहरीलाई सक्रिय बनाईएको र अनुगमन तथा अनुसन्धानको पाटोलाई व्यवस्थित गरिने उहाँले बताउनु भयो ।

रिपोर्टर्स क्लवले सोमबार प्रदेश राजधानी बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै डिआईजी अधिकारीले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी दिनरात खटिने बताउनु भयो ।
उहाँले प्रहरीको मुख्य काम शान्ति सुरक्षामा खटिने भएकाले समाजमा घट्ने अपराध लगायतका विभिन्न घटनालाई रोक्ने गरी काम गरिने बताउनु भयो ।

चाडपर्वको समयमा घट्ने सम्भावित घटनाहरुको पहिचान गरेर प्रहरी परिचालन गरिएको र अवान्छित घटना घट्न नदिनका लागि सुरक्षा व्यवस्था मिलाईएको उहाँले बताउनु भयो ।
उहाँले सानोसानो विषयलाई पनि ध्यानपूर्वक अनुगमन तथा अनुसन्धान गरिने प्रतिवद्वता जनाउनु भयो ।

पटका पड्काउनेहरुलाई विष्पोटक पदार्थ अन्तर्गत कारवाही गरिने उल्लेख गर्दै पटका विष्पोटक पदार्थ नै भएकाले कानुन अनुसार कारवाही गरिने उहाँको कथन छ ।

उहाँले अनुशासन पूर्वक समाजको मर्यादा र कानुनको पालना गरेर देउसी भैलो खेल्न आग्रह गर्दै देउसी भैलोको नाममा अराजकता हुन नदिने बताउनु भयो ।

उहाँले भारतीय ओभरलोड गाडिलाई रोक्ने बताउंदै वर्तमान नियम कानुन विपरित ओभरलोड बोक्ने गाडीहरुलाई कारवाही गरिने बताउनु भयो ।

टिप्पर लगायतका सबै प्रकारका सवारी साधनहरुको अराजकतालाई रोक्ने र कानुनको पालना नगरी सडकमा गरिने हेपाह प्रवृत्तिको अन्त्य गरिने उहाँले बताउनु भयो ।

उहाँले ट्राफिक व्यवस्थापनका लागि छिट्टै योजना बनाउने र सडकमा भैरहेको ध्वनी प्रदुषण र गाडिको स्पिडलाई रोक्ने बताउनु ।

प्रहरी प्रमुख अधिकारीले प्रहरी भित्रको विकृतिलाई रोक्न कठोरताका साथ सुद्विकरण गरिने प्रतिवद्वता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्