मंसिरमा डोली



आगामी मंसिर २८ गते अल नेपाल रिलिज हुने फिल्म डोलीको फस्र्ट लुक सार्वजनिक गरिएको छ।

राजबहादुर सानेको निर्देशनमा रेड बर्ड प्रोडक्सनको ब्यानरमा किरण नेपालीले निर्माण गरेको फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाईं, संगीता नापित, सानिया खान, अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउँवाला गौतमलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्मको स्क्रिप्ट निर्देशक साने आफैंले लेखेका छन्। सीडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको डोलीमा कोरियोग्राफी श्रीकृष्ण परियार, द्वन्द्व शंकर महर्जन र छायांकन जयराम थापाको रहेको छ।

लाटी, वृन्दावन, वीरंगानालगायतका फिल्म निर्देशन गरेका सानेले डोलीमा भरपुर मनोरञ्जनका साथमा समाजोपयोगी सन्देश रहेको बताए।

प्रतिक्रिया दिनुहोस्