समानताको रहस्य



सहर बजारमा ‘डन’को खाँचो हुन्न । बाह्रै मास डनहरुको चलखेल चलिरहन्छ । कोही राजनीतिका डन, अनि केही राजनीतिक र सुरक्षा निकायको छत्रछायाँमा मौलाएका डन सहर बजारमा राम्रैसँग सलबलाई देखिन्छन्÷भेटिन्छन् । आफूलाई ‘ठूलै डन हुँ’ भन्दै टोल र गल्लीमा मात्रै सीमित हुने टोले डनको पनि कमी छैन ।

चाहे टोले हुन् या शक्तिकेन्द्रसँग राम्रै साइनो सम्बन्ध जोडिएका नै किन नहुन् धेरैको बुझाई छ, पुरुष मात्रै डन हुन्छन् । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचनको हत्यामा संलग्न गुन्डा नाइके समिरमान बस्नेतकी श्रीमती माया गौचन आइतवार पक्राउ परेपछि समाजमा सुश्री र श्रीमती डनको संख्या पनि बाक्लै रहेछ भन्ने पुष्टी हुन्छ ।

गौचन हत्यामा प्रयोग भएको हतियारसँग मायाको पनि राम्रै माया प्रेम रहेको पुष्टी भएपछि मायाको खास परिचय खुलेको प्रहरीको दावी छ । बुटवलका युवा संघका नेता दुर्गा तिवारी, गुन्डा नाइके दावा लामामाथि भएको गोलीकान्डमा समेत मायाको माया अर्थात् मायाले हतियार उपलब्ध गराएको प्रहरीको दावी छ ।

यस्तो खवर सुनेपछि धरहरा प्रष्ट भयो महिला नेत्तृहरुले वर्षौ अघिदेखि समान अधिकारको दावी ग¥या त्यतिकै होइन रैछ । अनि प्रहरीले मायाको परिचय स्थापित गरेपछि सहर बजारका धेरै मायाहरुको ढ्याङ्ग्रो ठोकिएको पुष्टी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्