मंगलबारदेखि नेप्सेको अनलाइन कारोबार



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबारदेखि अनलाइन ट्रेडिङ शुरु गर्ने भएको छ । नेप्सेको विद्यमान कारोबार प्रणाली (कम्प्युटराइज्ड ट्रेडिङ सिस्टम, सीटीएस) र नयाँ प्रणाली (नेप्से अनलाइन ट्रेडिङ सिस्टम,एनओटीएस) को करिब २ महिना परीक्षणपछि सञ्चालनमा आउन लागेको नेप्सेले जनाएको छ ।

नयाँ प्रणालीअनुसार पँर्वाधार तयार गरेका शेयर दलालले लगानीकर्तालाई युजर नेम र पासवर्ड प्रदान गर्नेछन् । युजर नेम र पासवर्ड प्राप्त गर्नका लागि लगानीकर्ताले केवाईसी अद्यावधिक गर्नुपर्ने भएको छ । अनलाइन कारोबार शुरु भएसँगै ब्रोकरहरुले नयाँ सिस्टमहरु सञ्चालन गर्नेछन् भने लगानीकर्ताहरुले अहिले नै अनलाईन कारोबार गर्न पाउनेछन् । नयाँ प्रणाली अनुसार केवाईसी अद्यावधिक गर्दा आफ्नो इमेल र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार फुल्ली अटोनमाइज्ड अनलाइन ट्रेडिङ सिस्टम औपचारिक कार्यान्वयनमा ल्याउनु अघि युजर एस्पटान्स टेस्ट (युटीए) गर्न तेस्रो पक्षलाई छनोट गरिएको छ । कम्पनीले (कम्प्युटराइज्ड ट्रेडिङ सिस्टम, सीटीएस) तथा नेप्से अनलाइन ट्रेडिङ सिस्टम,(एनओटीएस) को समान्तर रूपमा सञ्चालनकै क्रममा नेप्सेको बिड डकुमेन्टमा उल्लेख भएअनुसार टेक्निकल स्पेसिफिकेसन र सिस्टम रिक्वायरमेन्ट स्पेसिफिकेसन अनुसार प्रणाली विकास भए नभएको लगायतका विषयमा चेकजाँच गरी आईएसओ सर्टिफिकेट समेत प्रदान गर्ने बताइएको छ ।

कम्पनीबाट नेप्से अनलाइन ट्रेडिङ सिस्टम÷ट्रेड म्यानेजमेन्ट सिस्टम औपचारिक कारोबारका लागि योग्य छ भन्ने सिफारिस प्राप्त भएपछि नियमक निकायको स्वीकृति लिई नेप्सेले कम्प्युटराइज्ड ट्रेडिङ सिस्टमलाई प्रतिस्थापन गरी नेप्से अनलाइन ट्रेडिङ सिस्टम÷ट्रेड म्यानेजमेन्ट सिस्टमलाई पँर्ण कार्यान्वयनमा ल्याउने जनाएको छ ।

दोहोरो अंकले घट्यो नेप्से

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसँचकमा दोहोरो अंकले गिरावट आएको छ। उक्त दिन परिसँचक १३ दशमलव ७० अंकले घटेर १ हजार २ सय ७ दशमलव २८ अंकमा कायम भएको छ ।

आइतबार दिनभरिमा १ सय ५४ वटा कम्पनीको २७ लाख २९ हजार १ सय ३० कित्ता शेयर ३ हजार ६ सय ४२ पटक खरिद बिक्री हुँदा ५६ करोड ४७ लाख ८७ हजार ७ सय ३८ रुपियाँ बराबरको कारोबार भएको छ ।

आइतबार अन्य समँहबाहेक बाँकी सबै समँहको उपसुचक रातो देखिएको छ । अन्य समुहको उपसुचक ४ दशमलव २३ अंकले बढेको छ । सबैभन्दा धेरै जीवन बीमा कम्पनीको उपसँचक ८७ दशमलव ५२ अंकले घटेको छ।

त्यसैगरी बैंकिङ समँहको उपसँचक १७ दशमलव १९ अंकले, विकास बैंक समँहको उपसँचक ७ दशमलव १७ अंकले, जलविद्युत् समँहको उपसँचक १० दशमलव १८ अंकले, होटल समँहको उपसँचक ५ दशलमव शँन्य ४ अंकले, वित्त समँहको उपसँचक ३ दशमलव ५७ अंकले, उत्पादनमँलक समँहको उपसँचक १५ दशमलव २३ अंकले, लघुवित्त समँहको उपसँचक ८ दशमलव ६६ अंकले र निर्जीवन बीमा समँहको उपसँचक ६५ दशमलव ३९ अंकले बढेका छन् ।

आइतबार माछापुच्छ«े बैंक प्रोमोटरको सबैभन्दा धेरैे १६ करोड ५६ लाख रुपियाँ बराबरको कारोबार भएको छ। सबैभन्दा धेरै कमाउनेमा भने समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव २० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ६३ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्