झापामा राजस्व सङ्कलनमा नेपाल प्रहरी अगाडी



नेपाल समाचारपत्र, भद्रपुर ।

नेपाल प्रहरीले राजस्व सङ्कलनमा सशस्त्र प्रहरीलाइ उछिनेको छ । झापामा रहेका दुइओटा प्रहरी सङ्गठनले सीमा क्षेत्रमा प्रहरी परिचालनबाट चोरी निकासी तथा पैठारी सामान बरामद गरी भन्सारमा बुझाएको रकमले यस्तो देखाएको हो ।

प्रहरीले बुझाएको मूल्यमा भन्सारले मूल्याङ्कन गरेको तथ्याङ्कले पुष्टि गरेको छ ।

नेपाल प्रहरीले ९२ लाख ४४ हजार ८ सय ५६ रुपैया र सशस्त्रले ९२ लाख ९ हजार ३ सय ९२ रुपैयाँ भन्सारमा जम्मा भएको देखिएको छ । यो रकम चालु आर्थिक वर्ष ०७५।७६ को साउन देखि कात्तिक १३ गते सम्मको रहेको प्रहरी सङ्गठनले जनाएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार सवैभन्दा बढी राजस्व कपडामा रहेको बताएका छन् । चोरी निकासी तथा पैठारी भएको सामानमा कपडा नै बढी तस्करी भएको भन्सार तथ्याङ्मा समेत उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय झापाले साउनमा १७ लाख ४९ हजार ५ सय ३० रुपैयाँ उठाएको छ भने सशस्त्र प्रहरी बल गण नम्बर २ ले १० लाख ७५ हजार ७ सय ८० पुर्याएको छ । जसमा नेपाल प्रहरी ६ लाख ७३ हजार ७ सय ५० रुपैयाँले अगाडी छ ।

त्यसैगरी ३३ लाख ८४ हजार ४ सय ९० रुपैयाँ नेपाल प्रहरीले भदौ महिनामा सङ्कलन गरेको छ भने सशस्त्रले २७ लाख ३६ हजार २ सय ६६ उठाएको छ । यो महिनामा पनि ६ लाख ४८ हजार २ सय २४ रुपैयाँले नेपाल प्रहरी अग्र स्थानमा रहेको छ । त्यस्तै असोजमा ३२ लाख ५० हजार ६ सय ९६ नेपाल प्रहरी र ३६ लाख ७२ हजार ६ सय ४५ सशस्त्रले उठाएको छ ।

यो महिनामा भने ४ लाख २१ हजार ९ सय ४९ रुपैयाँले सशस्त्र प्रहरीले उछिनेको छ । कात्तिक १३ गतेसम्म नेपालले ८ लाख ६० हजार १ सय ४० छ भने ९ लाख ५३ हजार ९ सय १ रुपैयाँ सशस्त्र प्रहरीको रहेको छ । यो महिनामा ९३ हजार ७ सय ६१ रुपैयाँले सशस्त्र प्रहरी अगाडी रहेको उल्लेख छ ।

झापाको भद्रपुर,पृथीवीनगर वनियानी, केचना, गौरीगञ्ज, जलथल,घेराबारी, सतिघट्टा, काँकडभिट्टा, कुञ्जीबारी, वंशल वगान लगायतका सीमा क्षेत्रबाट प्रहरीले सामान बरामद गर्दै आएको छ ।

सामान बरामदको आधारमा कारोबारी पक्राउ भने सन्तोषजनक छैन । मानिसलाइ भगाएर वेवारिसे सामान फेला मानिस फरार भन्दै सामान बरामद गर्दै आएको छ ।
सवैको सहयोगमा अवैध प्रकारका सामग्री बरामद गरिरहेको सशस्त्रका प्रहरी गण २ का एसपी रेशम कुमार थक्सुको भनाइ छ ।

सीमित स्रोत साधनले भ्याएसम्म सामान बरामद गरिरहेको एसपी थक्सुको भनाइ छ । आफूले कार्यकाल सम्हालको साढे पाँचमहिनाको अवधिमा भन्सारले मूल्याङ्न गरेअनुसार १ करोड ३७ लाख राजस्व उठाएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले अवैध चोरी तस्करी निकासीबाट सन्तोषजनक राजस्व उठाएको बताए ।

गत वर्षको तुलनामाभन्दा यो अवधिमा राजस्व सङ्कलनमा बृद्धि भएकोले तस्करी नियन्त्रण भइरहेको उनले दाबी गरे ।

सीमीत स्रोत साधन र सवैको सहयोगमा तस्करी नियन्त्रणसँगै राजस्व उठिरहेको उनको भनाइ छ । ‘तस्करीमा नो कम्प्रमाइज’उनले भने ।

प्रतिक्रिया दिनुहोस्