८१ हजार फेसबुक अकाउन्ट ह्याक



मस्को, (एजेन्सी)
ह्याकरहरू कम्तिमा ८१ हजार फेसबुक प्रयोगकर्ताको निजी सन्देशहरूसंग सम्झौता वा प्रकासित गर्ने गरेको देखिएको बताइएको छ। पिडकहरूले आफूहरूसंग १२ करोड एकाउन्टको विस्तृत गोप्य निजी विवरण रहेको र तिनीहरूलाई बिक्री गर्ने प्रयास गरिरहेको वीवीसी रुसी सेवालाई जानकारी गराएका छन्।

यद्यपि तिनीहरूले दिएको सो तथ्यांक अझै शंकास्पद रहेको छ। फेसबुकले आफ्नो सुरक्षालाई सम्झौता नगरिएको जनाएको छ। साथै फेसबुकले संभवत ती ह्याकरहरूले खराब ब्राउजर एक्सटेन्सनमार्फत डाटा हासिल गरेको हुनुपर्ने अनुमान गरेको छ।

साथै फेसबुकले थप एकाउन्ट प्रभावित हुन नदिने कदम चालिसकेको पनि जनाएको छ। बीबीसीका अनुसार यसरी सन्देशका लागि सम्झौता गरिएका अधिकांश फेसबुक प्रयोगकर्ताहरू युक्रेन र रसियाका बासिन्दा भएको विश्वास गरिएको छ। तीमध्ये केही प्रयोगकर्ता संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, ब्राजिल र विश्वका अन्य भागका रहेको बताइएको छ। ती ह्याकरहरूले प्रतिएकाउन्ट १० सेन्टमा बिक्री गर्न प्रस्ताव राखेको पनि बुझिएको छ। तर तिनीहरूको त्यो विज्ञापन अफलाइन भएको पनि लामो समय भइसकेको छ।

फेसबुकका कार्यकारिणी अधिकारी गाय राजेनले भनेका छन्– ‘हामीले ब्राउजर निर्माताहरूलाई तिनीहरूको स्टोरमा डाउनलोडका लागि खराब एक्सटेन्सन नरहने निश्चित गर्न निर्देशन दिइसकेका छौं। साथै हामीले सुरक्षा निकाय तथा स्थानीय निकायहरूलाई पनि ह्याकरहरूको दुष्प्रयास नियन्त्रणका लागि सहयोग गर्न आह्वान गरिसकेका छौं।’ साइबर सुरक्षा कम्पनी डिजिटल स्याडोजले बीबीसीको दावीलाई परीक्षण गरेर निजी सन्देश रहेको एउटा नमुनासहित ८१ हजारभन्दा बढी प्रोफाइल अनलाइनमा पोस्ट गरिएको पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस्