फैसलाको विरोध



इस्लामाबाद, (एजेन्सी)
इसनिन्दाको आरोपमा अदालतबाट मृत्युदण्ड पाएकी आसिया बीबीलाई रिहा गरेपछि पाकिस्तानका धार्मिक संगठन तरिक लब्बैक या रसुल अल्लाहसँग सरकार र गुप्तचर एजेन्सी आईएसआई बीचको वार्ता विफल भएको घोषणा गरिएको छ। पाकिस्तानको पन्जाब प्रान्तमा बलियो पकड रहेको तहरिके लब्बैक संगठनले शुक्रबार बिहान आफ्नो आन्दोलन व्यापक पारेको छ। लाहौर र इस्लामाबादजस्ता प्रमुख शहरमा सडक अवरुद्ध पारेकाले सवारी साधन चल्न नसकेको बताइएको छ। पाकिस्तानको सर्वोच्च अदालतले आसिया बीबीको मामिलामा आफ्नो फैसला परिवर्तन नगरेमा आन्दोलन जारी राख्ने संगठनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्