यौन दुव्र्यवहारको विरुद्ध गुगलका कर्मचारीहरुको हडताल



लसएन्जेल्स,(एजेन्सी)
गुगल कम्पनीमा कार्यरत महिलाहरु माथिको कम्पनीको व्यवहार प्रति असन्तुष्टि जनाउँदै विश्वभरिका गुगुल कार्यालयका कर्मचारीहरुले अप्रत्यासित ढंगले विरोध स्वरुप हडताल गरेका छन् ।

ति कर्मचारीहरुले कम्पनीमा महिलाहरु माथि हुने गरेका यौन दुव्र्यवहारका आरोपहरुलाई हेर्ने तरिकामा थुर्पै परिवर्तनको माग गरेका छन् । साथ ैतिनीहरुले जवर्जस्ती मिलापत्र गर्ने कार्य रोकेर यस्ता घटनामा पिडितहरुलाई क्षतिपुर्ति पाउने सहज वातावरण बनाउन पनि माग गरेका छन् ।

गुगलको प्रमुख कार्यकारिणी अधिकारी सुन्दर पिछाइले कर्मचारीहरुलाई भनेका छन् , ‘ म तपाईंहरुको दोषिलाई कारवाही गराउने अधिकारको समर्थन गर्दछुँ । मैले तपाईंहरुको आक्रोश र असन्तुष्टिलाई बुझ्दछुँ । लामो समय देखि हाम्रो समजमा व्याप्त र अहिले गुगुललाई पनि छाइसकको यस्ता घटनाको अन्त्यका लागि म पनि प्रतिवद्ध छुँ ।

गत साता यौन दुव्र्यवहारको आरोप लाग्दा लाग्दै पनि गुगुल छोयता एक जना वरिष्ठ कार्यकारिणी अधिकारीलाई कम्पनीले ९ करोड अमेरिकी डलर भुक्तान गरेकाले कर्मचारीहरु आक्रोसित भएका हुन् । तर एन्ड्रोइड मोवाइल अपरेटिंग सिस्टमका सर्जक एन्डी रुविन नामक ति अधिकारीले भने आफुमाथि लगाइएको आरोप अस्विकार गरेका छन् ।

यस्तै अभियोगको सिलसिलामा मंगलवार कम्पनीको एक्स रिसर्च ल्यावका अर्का कार्यकारिणी अधिकारीले पनि पदबाट राजिनामा दिएका थिए । रिचर्ड डि भाउल नामक यि अधिकारीलाई भने हालसालै जागिरका लागि अन्तर्वार्ता दिएकी एक महिलासंग अनावश्यक ढंगले नजिकिएके आरोप लगाइएको थियो ।

पिछाइले यौन उत्पीडनको अभियोगमा गुगल कम्पनीबाट हटाइएको कमितमा ४८ जना कर्मचारीलाई रकम भुक्तानी नगरिएको जानकारी दिएका छन् । हडतालमा उत्रेका कर्मचरीले तलव र अवसरको असमान वितरणको अन्त्य , यौन उत्पीडन सम्बन्धि पारदर्शी प्रतिवेदनको सार्वजननिक , सबैलाई निर्धक्कसंग यौन दुव्र्यवहारको उजुरी गर्ने वातावरण बनाउन तथा कम्पनीको बोर्डमा कर्मचारीका प्रतिनिध पनि राख्ने व्यवस्था गर्ने माग पनि अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्