श्रीलंका राजनितिक संकट: संसदमाथिको निलम्बन फुकुवा



कोलोम्बो (एजेन्सी)
श्रीलंकामा जारी राजनितिक गतिरोधकाबीच देश राष्ट्रपति सिरिसेना मैत्रीपालाले संसदमाथि लगाइएको निलम्बन हटाएको छ । राष्ट्रपतिको उक्त निर्णयले त्यहाँको राजनितिक संकटले निकासा पाउने अनुमान गरिएको छ ।

राष्ट्रपतिले सोमबार विधायिकाहरुको एक बैठक पनि बोलाएका छन् । राष्ट्रपतिद्वारा प्रधानमन्त्री रानिल विक्रमसिंघेलाई आकश्मिक बर्खास्त गरिएकोमा देशब्यापी विरोध भइरहेको छ । श्रीलंकाको संसद सभामुखद्वारा विक्रमसिंघेलाई प्रधानमन्त्रीका रुपमा मान्यता दिएपछि संकट अझ बढेको थियो ।

राष्ट्रपति सिरिसेनाले विक्रमसिंघेको स्थानमा पुर्व राष्ट्रपति महिन्दा राजपाक्षेलाई देशको नयाँ प्रधानमन्त्री बनाएका थिए । यो सँगै सिरिसेनाले नोभेम्बर १६ सम्मका लागि संसद पनि स्थगित गरेका थिए । विक्रमसिंघेका समर्थकहरुलाई राजपाक्षेको समुहमा ल्याउनका लागि सरकारलाई समय चाहिएकोले संसद निलम्बन गरेको अनुमान गरिएको थियो ।

श्रीलंकाको संसदमा कुल २ सय २५ सदस्यमा बहुमतका लागि १ सय १३ सदस्यको समर्थन हासिल गर्नु पर्नेछ । एक दिन अगाडी सिरिसेना र संसद सभामुखबीच यस मुद्दामा छलफल भएको थियो । सिरिसेनाले पछि अर्को हप्ता नै संसद सत्र बोलाउन सक्ने संकेत दिएको हो ।

:

प्रतिक्रिया दिनुहोस्