चीन: बस सेवा विवाद



बेइजिङ (एजेन्सी)
चीनले विहिबार पाकिस्तानसँगको प्रस्तावित बस सेवाले काश्मिर मुद्दालाई लिएर आफनो नितिमा कुनै परिवर्तन नहुने बताएको छ । चीनले पाकिस्तान अधिनष्ठ काश्मिर (पीओके) भएर जाने इस्लामाबादसँगको प्रस्तावित बस सेवाको समर्थन गर्दै पाकिस्तानसँग उसको सहयोगसँग क्षेत्रिय विवादको कुनै लेनदेन नभएको जनाएको छ ।

भारतले चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) परियोजना अन्तर्गत पीओके अन्तरगत दुई देशबीचको प्रस्तावित बस सेवालाई लिएर बेइजिङ र इस्लामाबादसँग कडा विरोध जनाएको छ । भारतको विदेश मन्त्रालयले बुधार उक्त बस सेवाले भारतको सम्प्रभुताको उलंघन हुने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्