धराप सडकको खाल्डाखुल्डी



ईश्वरराज ढकाल, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको राजधानीका खाल्डाखुल्टी पुर्ने काम अन्तिम चरणमा पुगेको दावी गरेको छ ।

धुलो, हिलो र खाल्डाखुल्डी सडकका कारण राजधानीम दुर्घटना बढेपछि आलोचना खेप्दै आएको कामपाले मेलम्ची खानेपानीको पाइप बिच्छ्याउदा बनेको सडकको खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुगेको जनाएको हो ।

कामपाले गएको भदौ लगत्तै ३२ वटै वडामा परेका खाल्डाखुल्डी पुर्न थालेको थियो । कामपा शहरी पुर्वाधार विकास विभाग प्रमुख रामबहादुर थापाले मंसिर अन्त्य सम्ममा कामपाको स्वामित्वमा रहेको सबै सडकको खाल्डाखुल्डी पुरी सक्ने जानकारी दिनुभयो । उहाले भन्नुभयो–महानगर क्षेत्रमा कामपाको स्वामित्वमा एक हजार किलोमिटर सडक रहेका छन् ।

१ हजार ४ सय किमि सडक मध्य सडक विभागको स्वामित्वमा ४ सय किमि ठुला सडक छन् । उहांले अधिकांस मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम सडक विभागको रहेको जानकारी दिनुभयो । उहांले भन्नुभयो–ठुला खाल्डा सडक विभागको स्वामित्वमा रहेका सडकमा छन् । ती खाल्डाखुल्डी विभागले पुर्न थालिसकेको छ ।

कामपाले पाँच क्षेत्र विभाजन गरी वडाको अनुगमनमा सडकको खाल्डा खुल्डी पुर्न थालेको हो । पुर्वीक्षेत्र अन्तर्गत धोवीखोला पारी वडा नम्बर ६ देखि १०, ३१ र ३२ पर्दछन । मध्य क्षेत्र अन्तर्गत १ ,५, २८, २९ र ३०, उत्तर क्षेत्र अन्तर्गत १ देखि ४ र २६, पश्चिमक्षेत्र अन्तर्गत १३ देखि १६ र कोरसिटी अन्तर्गत महानगरका ऐतिहासिक भित्री सडक रहेका छन् ।

सबै सडकको खाल्डाखुल्डीको अध्ययन गरी वडा स्तरबाटै काम गर्न शुरु गरिएको विभागीय प्रमुख थापाले जानकारी दिनुभयो । कामपाले खाल्डाखुल्डी पुर्न साना वडालाई २ करोड ५० लाख र ठुलो वडालाई ३ करोड रुपिया बजेट उपलब्ध गराइसकेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।

उहाले भन्नुभयो–इन्जिनियर सहित बजेट पठाइसकेका छौ, मंसिर महिनाभित्र कामपाको स्वामित्वमा रहेका सडकको खाल्डाखुल्डी पुरीसक्ने योजना रहेको छ ।

महानगर क्षेत्रका भित्री सडकमात्रै कामपाको स्वामित्वमा रहेको प्रवक्ता कार्कीले दावी गर्नुभयो । अहिले जतिपनि समस्या आएको छ, ती सबै ठुला सडकको कारणले हो ।

गएको शनिबार ढलको मंगालमा खसेर एक जनाको मुत्यु भएको थियो । कीर्तिपुर नगरपालिका अन्तर्गत सडक विभागको स्वामित्वमा रहेको त्रिवि नजिकको सडकमा भएको साइकल दुर्घटनामा श्याम श्रेष्ठको मृत्यु भएको थियो ।

साइक्लिङ गर्दै दक्षिणकाली जाने क्रममा उहाको मृत्यु भएको थियो । खाल्डाखुल्डी मात्रै होइन मुख्य सडकमा ढलको मंगाल मर्मत नगर्दा समेत दुर्घटना बढ्न थालेको छ ।

राजधानी लगायत उपत्यकाका विभिन्न क्षेत्रमा यस्ता घटना हुन थालेपछि स्थानीय निकायका मेयर र उपमेयरहरुले धुलोमुक्त र खाल्डोपुर्ने अभियान अघि बढाउन थालेका छन् ।

कामपाका प्रवक्ता कार्कीले ढल र मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा राजधानीका विभिन्न सडकमा खाल्डो परेको बताउनुभयो । उहाले भन्नुभयो–महानगरपालिकाले त चाडै बनाउनेछ, ढल मर्मत गर्न काठमाडौ उपत्यका खानेपानी लिमिटेडसंगं आग्रह गर्ने भएका छौ ।

प्रतिक्रिया दिनुहोस्