नेपालपछि भारतले पनि पोर्न साइट बन्द गरायो



एजेन्सी । नेपाल सरकारले पोर्न साइटमा प्रतिबन्ध लगाएपछि छिमेकी मुलुक भारतले पनि ८२७ वटा वेबसाइटमा प्रतिबन्ध लगाएको छ ।

पोर्न हेर्ने मानिस र नेट न्युट्रालिटीको पैरवीकर्ताहरूले यो प्रतिबन्धको विरोध गरिरहेका छन् । विशेषगरी वार्षिक सदस्यता लिएका वेबसाइटहरूले यसको विरोध गरेका हुन् ।

तर पोर्न साइट दिग्गजहरूले आफ्ना ग्राहकका लागि केही व्यवस्था मिलाएका छन् । पोर्नहब जस्ता ठूला वेबसाइटले अमेरिका र बेलायतपछिको तेस्रो ठूलो बजार भारतका लागि मिरर साइट बनाएको छ । यसैगरी एक वेबसाइटले प्रयोगकर्ताहरूलाई मोबाइल एप डाउनलोड गर्ने सल्लाह दिएको छ ।

पोर्नका पारखीहरू चाहिँ चाइल्ड पोर्न, रेप पोर्न र बीडीएसएम जस्ता सामग्रीविरुद्ध कारवाही चलाउनुपर्ने बताउँछन् । राम्रो पोर्न कन्टेन्ट भएका वेबसाइटलाई चाहिँ चलाउन नहुने उनीहरूको भनाइ छ ।

प्रतिबन्धका समर्थकहरू भने पोर्न र महिलाविरुद्धको अपराधको प्रत्यक्ष साइनो देखिएकाले यो कदम सही भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्