भक्तपुरमा सांस्कृतिक साँझ हुँदै



भक्तपुर, (नेस)। भक्तपुरमा सांस्कृतिक साँझ–२०७५ हुने भएको छ। भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार अन्नतलिंगेश्वर खेलकुद क्लबले आगामी कात्तिक २७ गते कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रम सँर्यविनायक नगरपालिका–२ बालकोट चोकमा हुने भएको छ। क्लबका अध्यक्ष दीपेश श्रेष्ठले ‘कलाकार राष्ट्रका गहना हुन्, कलाकारलाई सम्मान गरौं’ भन्ने नाराका साथ कार्यक्रम गर्न लागेको बताए। कार्यक्रममा दृष्टिविहीन गायक ईश्वर अमात्यलाई सम्मान गरिने उनले जानकारी गराए।

कार्यक्रममा अनिल सिहं, धिरज राई, ओम माने पेमे ब्यान्ड, पुजन घिमिरेलगायतले आ–आप्mनो प्रस्तुति दिनेछन्। खेलकुदको क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदै आएको अन्नतलिंगेश्वर खेलकुद क्लबले तिहार तथा छठ पर्वको अवसर पारेर सांस्कृतिक साँझ–२०७५ आयोजना गर्न लागेको क्लबका संरक्षक रवि राणाले बताए। संस्थाले हरेक वर्ष विजयादशमी, शुभ दीपावली र छठ पर्वका साथै नेपाल संवत्को अवसरमा कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्