एथ्लेटिकोको संघर्षपूर्ण जित



लन्डन, (एजेन्सी)
स्पेनिस घरेलु प्रतियोगिता कोपा डेल रे को खेलमा एट्लेटिको मेड्रिडले पहिलो लेगमा दोस्रो डिभिजनको क्लब सन्ट एन्ड्रियुमाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।

मंगलबार राति भएको खेलमा एट्लेटिकोले सन्टलाई उसैको घरेलु मैदानमा १–० को झिनो गोलअन्तरले पराजित गरेको हो । एट्लेटिकोको जितमा गिल्सन मार्टिन्सले पहिलो हाफमा गरेको गोल नै निर्णायक साबित बनेको थियो । उनले खेलको ३३ औं मिनेटमा भिटोलोको पासमा विजयी गोल गरेका थिए । जितपछि एट्लेटिकोले कोपा डेल रे को पाचौ चरणमा प्रवेश गर्ने सम्भावनालाई समेत बलियो बनाएको छ ।

एट्लेटिकोले दोस्रो लेग आगामी डिसेम्बर ६ मा घरेलु मैदानमा खेल्नेछ । कोपा डेल रे अन्तर्गत मंगलबार राति नै भएको अर्काे खेलमा भ्यालेन्सियाले इब्रोमाथि २–१ को जित निकालेको छ । लुगो र लेभान्टेले १–१ तथा लेगानेस र रायो भालेकानोले भने २–२ गोलको बराबरीमा चित्त बुझाए ।

प्रतिक्रिया दिनुहोस्