तिहारमा विद्युत् माग उच्च भए पनि लोडसेडिङ नहुने



काठमाडौं, (नेस)
नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले यस वर्ष तिहारको समयमा विद्युत् माग १२ सय ७० मेगावाटसम्म पुग्ने बताउनुभएको छ । सो अवधिमा अछिल्लो वर्षभन्दा विद्युत् माग ५ प्रतिशतले बढ्ने प्राधिकरणको प्रक्षेपण छ । तर, विद्युत भार व्यवस्थापन चुनौतीपूर्ण रहे पनि उचित व्यवस्थापनमार्फत् आपूर्तिलाई सहज बनाउने प्रयास सफल हु“दै गएकाले लोडसेडिङ नहुने घिसिङले बताउनुभयो ।
प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध आएको अवस्थामा समेत यस्ता समस्या देखिना साथ प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत् आपूर्ति सुचारु गरिरहेको प्राधिकरणको भनाइ छ । ‘आपूर्तिमा गुणात्मक सुधार ल्याउन फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाइ समग्र विद्युत् वितरण प्रणालीलाई सुदृढीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार देशैभरि काम भइरहेको छ ।’ उहा“ले भन्नुभयो ।

हाल २० हजार ५ सय ६५ मेगावाट आवर माग रहेकोमा प्राधिकरणमार्फत ८ हजार ३ सय ७४ मेगावाट आवर, निजी क्षेत्रबाट ८ हजार १ सय २६ मेगावाट आवर र भारतबाट ४ हजार ६४ मेगावाट आवर विद्युत् आयात गरेर माग व्यवस्थापन भइरहेको छ । विद्युत् मागको व्यवस्थापनका लागि प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युत् गृहको उच्चतम् सञ्चालन, निजी क्षेत्रको उत्पादन र अपुग विद्युत विगतमा झैं भारतबाट आयात गर्ने योजना बनाएको छ ।

एक मिटर बढ्यो कुलेखानी
अघिल्ला वर्षको तुलनामा कुलेखानी जलाशयमा पानीको सतह बढेको छ । गत वर्ष १ हजार ५ सय २५ मिटर पुगेको पानी यस वर्ष बढेर १ हजार ५ सय २६ मिटर पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सुख्खायाममा उत्पादनका लागि प्रयोग हु“दै आएको इन्द्रसरोवर तालको पानीको सतह बढेपछि यस वर्ष सुख्खायाममा विद्युत् माग व्यवस्थापनका लागि केही सहज हुने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । हिउ“दयामको विद्युत् आपूर्तिको लागि नेपाल आत्मनिर्भर भईनसकेको अहिलेको अवस्थामा विगतमा झैं विद्यमान नेपाल–भारत प्रसारणलाइन संरचनाहरुबाट सहजरुपमा विद्युत् आपूर्ति भई नै रहेको र यसको निरन्तरताको भारतबाट थप विद्युत् ल्याउने प्राधिकरणको योजना छ ।

प्रतिक्रिया दिनुहोस्