रसिया: कार्यालयमा विस्फोट



मस्को,(एजेन्सी)
रसियाको उत्तर पश्चिमी शहर अर्खान्जेल्स्क स्थित संघिय सुरक्षा सेवा एफएसबि को कार्यालयमा विस्फोटक पदार्थ ल्याउने क्रममा अचानक दुर्घटनावश विस्फोट हुँदा एजना सत्र वर्षिय किशोरको ज्यान गएको बुधवार सरकारी अधिकारीहरुले बताएका छन् ।

स्थानिय समय अनुसार बिहान करिव ९ बजे भएको यस घटनाबाट भवनमा ठूलो क्षति पुग्नुकासाथै एफएसबिका थुप्रै कर्मचारी घाइते भएको बताइएको छ । तत्कालै विस्फोट पदार्थ ल्याउने आशंकित व्यक्तिको सिसिटिभि फुटेज सामाजिक संजालमा भाइरल भएको छ । तर ति आशंकितको बताइएको सन्देशको आधिकारिक पुष्टि भने भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्