भारतमा विश्वक सबैभन्दा अग्लो प्रतिमा अनावरण



नयाँदिल्ली।(एजेन्सी)
भारतले त्रिचालिस करोड अमेरिकी लर खर्च गरी बनाइएको विश्वकै सबैभन्दा अग्लो प्रतिमा बुधवार अनावरण गरेको छ । पश्चिमी भारतिय राज्य गुजरातमा सवन्त्रता सेनानी नेता सरदार वल्लभभाइ पटेलको त्त सय ८२ मिटर अग्लो प्रतिमा निर्माण सम्पन्न भएको हो ।

भारतिय प्रधानमन्त्री नरेन्द« मोदीले यस ‘एकताको मुर्ति’ पर्यटक आकर्षणका लागि अहम भुमिका निभाउने विचार व्यक्ति गरेका छन् । तर स्थानिय वासिन्दाले भने यसको निर्माणमा सरकारी पैसाको दुरुपयोग भएको र त्यो पैसा अन्य कुनै असल काममा लगाउन सकिने बताएका छन् ।

एक भव्य समाुरोह बिच प्रतिमाका अनावरण गर्दै मोदीले यसलाई ‘ भारतको एक्ता र दृढताको प्रतिक ’ को संज्ञा दिएका छन् । भारतिय चर्चित मुर्तिकार राम भि सुतारले डिजाइन र निर्माण गरेको यस प्रतिमामा वायु सैनिक विमानहरुले पुष्पवृटि गरेका थिए ।

स्थानिय संचार माध्यमले यसै प्रतिमा हिंसात्मक घटना र प्रदर्शनहरु भइसकेकाले जिल्लाको कडा सुरक्षा व्यवस्थाका लागि हजार्रौ प्रहरी तैनाथ गरिएको जनाएको छ । यस स्मारक क्षेत्र लगायत अन्य विभिन्न सरकारी परयोजनाका लागि आफुहरुबाट लिइएको जमिनको क्षतिपुर्ति माग्न प्रदर्शन गर्न यो प्रतिमा निहुँ बनेको थियो ।

यसको निर्माणका लागि गुजरात सरकारले पचास प्रतिशत र बाँकी खर्च संघिय सरकार र सरकारी चन्दा तथा सहयोगबाट ब्यहोरिएको बताइएको छ । प्रधानमन्त्री मोदी जस्तै पटेल पनि गुजरातमै जन्मेका थिए । सन् २०१० मा आफु राज्यको मुख्य मन्त्री रहँदा मोदीले प्रतिमा निर्माणको योजना बनाएका थिए ।

यो अमेरिकाको न्युयोर्क स्थित स्टाच्यु अफ लिवर्टी भन्दा झण्डै दोब्बर अग्लो छ । यसको उचाइले यसअघिको विश्वकै सबैभन्दा अग्लो मानिने चीन स्थित स्प्रिंग टेम्पल बुद्धको उचाईलाई उछिनेको छ । तर अफसोचको कुरा यो प्रतिमाले धेरै लामो समय सम्म भने विशव किर्तिमान धान्न पाउने छैन ।

पश्चिमी राज्य महाराष्ट्र सरकारले १ सय ९० मिटर अग्लो मराथा योद्धा सम्राट शिवाजीको प्रतिमा बनाउँदै छ । पटेल भारतका पहिलो गृह मन्त्री हुन् । स्वाधिनता हासिल गरेपछि कलहमा पिल्सिएका राज्यहरुलाई एकताको सुत्रमा बाँध्न महत्वपुर्ण भुमिका निभाएकाले पटेल ‘ भारतको लहुपुरुष ’ को नामले चिनिन्छ ।

सन् २०१३ मा प्रधानमन्त्री बन्ने अभियानको क्रममा मोदीले सरदार पटेल पहिलो भारतिय प्रधानमन्त्री नबनेकोमा प्रत्येक भारतियले दुख मनाउने गरेको बताएका थिए । भारतको कंग्रेस पार्टीले पटेल आफ्नो सदस्य रहेको दावी गर्ने गरेतापनि मोदीको सत्तारुढ हिन्दु राष्ट्रवादी भारतिय जनता पार्टी ( विजेपि ) ले भने पटेल सम्पुर्ण भारतियको आफ्नो मान्छे भएको बताउने गरेको छ ।

सरकारी अधिकारीहरुले गुजरातको मुख्य शहर अहमदावाद देखि करिव २ सय किमि टाढा रहेको यस प्रतमाले वर्षेनी करिव २५ लाख पर्यटक आकर्षित गर्ने अनुमान गर्दै यसबाट स्थानिय अर्थतन्त्रलाई उकास्न मद्धत पु¥याउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्