देशैभर ६ महिना देखी ५ वर्षका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल



नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा खुवाउँदै आएको भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउँदै । देशैभरका ६ महिना देखी ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मकालाई जुकाको औषधि खुवाइदैछ ।

बिगत बर्षहरुमा नेपाल सरकारले प्रत्यक वर्ष वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते संचालन गर्दै आएको भिटामिन ए कार्यक्रम यस बर्ष दोस्रो चरणको कार्यक्रममा दशै परेकाले यहि कात्तिक १४ र १५ गते संचालन गरेको जनाएको छ ।

पोलियो थोपाका साथै एकवर्षदेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई निःशुल्क जुकाको औषधि खुवाइउनुका साथै ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुको पोषणस्थिति थाहा पाउन पाखुराको नाप समेत लिइने खोप शाखाले जनाएकोछ । सरकारले उक्त कार्यक्रममा ६ महिना देखी २३ महिनाका बालबालिकाका लागि सुक्ष्म पोषण थाहा पाउन बालभिटा वितरण गरेको जनाएको छ ।

स्थानिय निकायको रोहबरमा पहिलोपटक यो कार्यक्रम देशभर ३६ हजार बुथमा ६० हजार स्वयम्सेविका र स्वास्थ्यकर्मी जनशक्ति परिचालन भएका छन् । उक्त कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ)लगायत बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय दातृ निकायको सहकार्यमा संचालन भएको हो । यो कार्यक्रममा देशभरका झण्डै २७ लाख बालबालिका समाबेश हुने अनुमान गरिएकोछ । जसमा २३ लाखको हाराहारीमा एक बर्ष देखि ५ बर्ष मुनीका बालबालिका रहने छन् । ५ बर्ष मुनीका बालबालिकालाई अल्वेन्डाजोल ट्याबलेट खुवाईने छ ।

 

प्रतिक्रिया दिनुहोस्