गुल्मी ट्राफिकको कामः चालक र यात्रुलाई सड्कमै सचेतना



अनिल खत्री, गुल्मी ।
जिल्ला ट्राफिक कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई प्रर्शिक्षण कार्यक्रम सुरु गरेको छ ।

प्रहरीले दुर्घटना न्यूनिकरण गर्न भन्दै प्रहरीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई राखेर प्रर्शिक्षण कार्यक्रम सुरु गरेको जिल्ला ट्रार्फिक प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी सहायक निरिक्षक नारायण खनालले बताए ।
पहिलो कार्यक्रम अन्र्तगत तम्घासको सिमलटारी सडक खण्डमा चल्ने सवारी साधान र यात्रुलाई प्रर्शिक्षण सुरु गरेको प्रहरीले जनाएको छ ।

चालक, सहचालक र यात्रुहरुलाई सडकमै राखेर दूर्घटना हुने बिशेष अबस्थाहरुसँगै सहि तरिकाले सवारी साधानलाई चलाउनु पर्ने जस्ता बिषयमा प्रर्शिक्षण दिदा प्रभावकारी हुने हुँदा अभियान थालिएको खनालले बताए । प्रर्शिक्षणमा सवारी साधनले सिट क्षमता भन्दा वढी सवारी राख्ने,ओभर लोड बोक्ने,तिब्र गतीमा सवारी चलाउनेप्रति लक्षित गरि ट्राफिक प्रहरीले सचेतना दिने गरेका छन् ।
प्रर्शिक्षण कार्यक्रममा सवारी नियम बिपरित चल्ने सवारी साधन र ओभरटेक गर्दा अपनाउनु पर्ने सहि तरिकाको बारेमा चालक सहचालक यात्रुहरुलाई सड्कमै सचेतना दिन सुरु गरिएको प्रहरी सहायक निरिक्षक खनालले बताए । सवारी साधानलाई तरिकाको ओभरटेक बिधिमा साइड दिन मिल्ने उपर्युक्त स्थानमा गाडिको गति कम गरेर अगाडिको गाडिले बायाँ साइड को इन्डिकेटर बालेर हातलेपनी जानसक्ने इशारा दिने जस्ता बिषयमा प्रर्शिक्षण दिइएको प्रहरीले जनाएको छ ।
ओभरटेक गर्ने गाडिले दाहिने पट्टीको इन्डिकेटर बाल्दै अगाडि जाने र ओभरटेक गरिसकेपछी आफ्नो लेन मा फर्किन फेरि बायाँ साइड को इन्डिकेटर बाल्ने भनेर जानकारी समेत गराएको प्रहरी सहायक निरिक्षक खनालले बताए ।
यस अघि ट्राफिक प्रहरीले जिल्ला भर बिभिन्न बिद्यालयहरुमा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा बिद्यार्थीहरुका लागि २७ वटा कक्षा, सुरक्षित चालक बनाउन २ पटक कक्षाहरु सञलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका हवल्दार देवीप्रसाद पौडेलले बताए ।

सवारी धनि व्यवसायीक चालक तथा सहचालकलाई ३ वटा कक्षा, सर्बसाधरणलाई ८ वटा कक्षा, पर्चा पम पिलेट १५ पटक र स्थानिय सञ्चार माध्यमबाट समेत सचेतना कार्यक्रहरु सञ्चालन गरेको पौडेलले बताए । गुल्मीबाट छुट्ने सवारीका साधनहरुलाई टाइम कार्ड व्यवस्था गरिएको छ । बढदो सवारी दुरघटना न्युनिकरण गर्न भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला ट्राफिक कार्यालय गुल्मीको सक्रियतामा जिल्लाबाट छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको हो ।

जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौं लगायतका स्थानमा छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको छ । सदरमुकाम तम्घासबाट जिल्ला बाहिर छुटने सवारी साधनहरुलाई रिडी सम्मका लागी टाइम कार्डको व्यवस्था गरिएको हो ।

जिल्लामा पहिलो पटक झण्डै ३ वर्ष पहिले तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले टाइम कार्डको लागु गरेका थिए । केहि महिना नियमित भएपनि पुनः बन्द भएको थियो । तर पछिल्लो पटक जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले टाइमकार्ड पुन लागु गरेका हुन् । दुर्घटना न्यूनिकरणमा टाईम कार्डले मदत पुर्याएपछी यसलाई पुन सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्