गाँजा सेवन गर्ने ५ जना पक्राउ



अनिल खत्री ,गुल्मी ।
गुल्मीमा लागु औषध गाँजा सेवन गर्ने ५ जना पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर २ बाख्रेछेडाको एक घरमा गाँजा सेवन गरेर होहल्ला गरेको सुचनाको आधारमा गाँजा सेवन गरिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालउ गुल्मीले पक्राउ गरेको प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए ।

पक्राउ परेका ५ जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्बजनिक गरेको हो । गाँजा सेवन गरेर पक्राउ पर्नेहरु सुनसरी जिल्ला रामधुनी नगरपालिका ८ बस्ने २६ वर्षिउ बिजय लिम्बु, रेसुङ्गा नगरपालिका २ गुल्मी बस्ने ११ वर्षिय नबिन बिक, १८ वर्षिय बिबेक गुरुङ, मुसिकोट नगरपालिका ८ बस्ने १९ वर्षिय बिपिन ठकुरी, ३ बस्ने १८ वर्षिय बिशाल रायमाझी रहेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।

पक्राउपर्नेहरुबाट हरियो गाँजा ८० ग्राम चरेश जस्तो देखिने धुलो २० ग्राम, पाइलट चुरोघ १० खिल्ली, बिभिन्न रङको ४ थान ग्यास लाइटर, गाँजा सेवन गर्न प्रयोग गर्ने चिलिम फिट भएको पलाष्टिकको बोतल १ थान बरामत गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ५ जनालाई जिल्ला अदालत गुल्मीबाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्