भत्कीएको सडक मर्मतमा कस्सीयो शसस्त्र प्रहरी



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको सदरमुकाम रहेको मुसिकोट नगरपालिकाको मुख्य बजार क्षेत्रमा कालोपत्रे गरिएको सडक भत्कीएर जिर्ण बन्दै गएपछि यातायात संचालनमा कठिनाई भएको छ ।

सल्ले देखी खलंगा बजार तथा सेरीगाँउ सम्मकै सडक जिर्ण हुँदा समेत सरोकारवालाको चासो नगएको भन्दै स्थानीयले दुखेसो पोखेका छन् ।

बिशेष गरी मठ क्षेत्रमा सडक पुर्ण रुपमा भत्कीए पछि सशस्त्र प्रहरी बलले मर्मत गरी केही मात्रामा भएपनि गाडी संचालनका लागी सजिलो बनाएको छ ।

सशस्त्र प्रहरी बल रुकुम पश्चिम गुल्मका गुल्मपति प्रहरी नायव उपरिक्षक पुर्णबहादुर कुवँरको नेतृत्वमा परिचालित भएको सशस्त्र प्रहरी बलले सडक मर्मत गरेको हो ।

सल्ले देखी सेरीगाँउ तथा मुख्य बजार क्षेत्रमा समेत अधिक मात्रामा गाडी संचालन हुने ठाँउमा सडक भत्कीएपछि दुर्घटनाको खतरा भएकोले आफुहरुले सडक मर्मत गरी केही सहज बनाएको सशस्त्र प्रहरी रुकुम पश्चिम प्रमुख पुर्णबहादुर कुँवरले बताउनुभयो ।

स्थानीयको समस्यालाई मध्यनजर गर्दै कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुम पश्चिमका प्रमुख इश्वरीप्रसाद ढकालको आग्रह तथा पहलमा सडक मर्मत भएको हो ।

सो सडकलाई पुर्ण रुपमा मर्मत गरिदिनका लागी स्थानीय सरकार समक्ष स्थानीयबासीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्