यस्ताे छ सचेत विरहीको ‘छकछके रेलैमा’ (भिडियाे)



काठमाडाैं । गायक सचेत विरही भण्डारीको छकछके रेलैमा बोलको लोक गीति भिडियो सार्वजनिक भएको छ । भण्डारीकै शब्दमा सजिएको गीतमा गायनमा तारा गुरुङले साथ दिएकी छिन् ।

एमबी गुरुङको निर्देशन रहेको गीति भिडियोमा यादव योगीको संगीत तथा अभिनयमा गंगा रुम्बा र एमआरसी तामाङलाई देख्न सकिन्छ ।

गीतमा नेपाली मौलिक संस्कृतिको झल्को आउनुका साथै माया–प्रेमका कुरा समेटिएका छन् । गीति भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्