प्रह्लादले ल्याए महक



गायक प्रह्लाद तिमिल्सिनाको स्वरमा रेकर्ड भएका आधुनिक शैलीका गीतहरूको दोस्रो एकल एल्बम महक–२ सोमबार राजधानीमा आयोजित एक समारोहबीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संगीतकारहरू शम्भुजित बाँस्कोटा, आलोकश्री, गीतकारहरू राजेन्द्र थापा, डा. कृष्णहरि बराल र एसपी कोइरालाले संयुक्तरूपमा विमोचान गरे।

१० गीत संगृहित एल्बमका लागि संगीतकार शम्भुजित बाँस्कोटा, सुरेश अधिकारी, आलोकश्री, न्ह्युँ वज्रँचार्य, महेश खड्का, वसन्त सापकोटा, विकास चौधरी र आशीष अविरलको संगीत तथा डा. कृष्णहरि बराल, जीवन लुइँटेल, राजेन्द्र थापा, वसन्त सापकोटा, एसपी कोइराला र निश्चल श्रेष्ठको रचना रहेको छ।

विमोचन समारोहमा गृहमन्त्री थापाले गायक तिमिल्सिनाको गायकीको प्रशंसा गर्दै सांगीतिक क्ष्ँेत्रमा पाइरेसीमा समस्या भए गृह मन्त्रालय त्यसलाई समाधान गर्न तत्पर रहेको बताए। एल्बमको समीक्ष्ाँ गर्दै

संगीतकार शान्तिराम राईले महक–२ मा समावेश अधिकांश गीत कर्णप्रिय रहेको बताए। गायक तिमिल्सिनाले फिल्मको पाश्र्व गायनमा सक्रिय रहेका कारण दोस्रो एकल एल्बम तयार पार्न समय लागेको बताए।

प्रतिक्रिया दिनुहोस्