नर्समाथि एक सय बिरामी मारेको आरोप



वर्लिन,(एजेन्सी)
एकसय जना बिरामीको हत्या गरेको अभियोग लगाइएका जर्मनीका एकजना पुर्व पुरुष नर्सलाई उत्तरी शहर ओल्डनवर्गमा मुद्धा चलाइने भएके छ । गुप्तचर अधिकारीहरुले ४१ वर्षिय नियल्स होयजलले उत्तरी जर्मनी स्थित दुइवटा अस्पतालमा आफुले स्याहार्नुपर्ने बिरामीहरुलाई प्राणघातक औषधिको मात्रा दिएको स्विकारेका छन् ।

अधिकारीहरुका अनुसार उनको उद्देश्य आफुले शिकार गरेका हरेक बिरामीलाई कृतिम श्वास प्रश्वास कार्य चलाएर आफ्ना सहकर्मिहरुलाई प्रभावित गर्नु रहेको थियो । होयजललाई यसअघि नै आफ्नो जिम्मामा रहेका दुईजना बिरामीको हत्या गरेको अभियोगमा आजिवन कारवास संजाय तोकिसकेको छ ।

यस पछिल्लो मुद्धा आगामी मे महिना सम्म लम्बिने अनुमान गरिएको छ । साथै ति पिडित बिरामीहरुको शव चिाहानबाट निकालेर तिनीहरुमा विष प्रयोग परिक्षण पनि गरिने भएको छ ।

होयजल विरुद्ध सन् १९९९ देखि २००५ बिच अ‍ेल्डेनवर्गमा ३६ र त्यसको नजिकैको डेल्मेन्होस्र्टमा ६४ जना बिरामी मारेको अभियोग लगाइएको छ ।

वर्लिन स्थित वीवीसीका पत्रकार जेन्नी हिलले जर्मन स्वास्थ निकायहरुका लागि यो मुद्धा निकै संवेदनशिल रहेको तथा पिडितका आफनतहरुले ति निकायलाई होयजलको हत्या गतिविधिमाथि आँखा चिम्लेको अभियोग लगाएको बताएकीछिन् ।

प्रतिक्रिया दिनुहोस्