अमेरिका र मेक्सिकोको सिमानामा पेन्टागनले फौज राख्ने



वासिंगटन,(एजेन्सी)
हजारौं संख्यामा मध्य अमेरिकी आप्रवासी हिंड्दै अमेरिका तर्फ बढिरहेकाले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पाँच हजार दुई सय भन्दा बढि फौज मेक्सिकोको सिमानामा पठाएको छ । जनरल टेर्रेन्स ओ साउघनेस्सीले यस अपरेसन फेथफुल प्याट्रियट टेक्सास , एरिजोना र क्यालिफोर्नियामा केन्दि«त रहने जनाएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुको आक्रमणले तिनीहरुलाई पर्खिरहेका अमेरिकी फौजसंग जम्काभेट हुने बताएका थिए । यसअघि गत अप्रिलमा ट्रम्पको अनुरोध लाइृ पालना गर्दै अमेरिका र मेक्सिकोबिचको सिमानामा दुई हजार एक सय नेसनल गार्डका सदस्यहरु तैनाथ गरिसकेको छ । अमेरिकाको दुवै राजनीतिक खेमालाई अमेरिकीहरुले चुनावमा भाग लिनु केवल एकसाता अघि चुनावी फाइदा लिन आप्रवासी मुद्धालाई प्रयोग गरेको आरोप लगाइएको थियो ।

६ नोभेम्वरमा हुने मध्यावधि चुनावमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले कंग्रेसको दुवै सभाबाट डेमोक्रेटिकहरुलाई अल्पमतमा पार्ने कोशिस गर्ने छ । ति आप्रवासीहरु अमेरिकी सिमानाबाट अझै एक हजार छ सय किमि टाढा रहेका छन् । जनरल ओ साउघनेस्सीले यसै साताको अन्तयमा अत्याधुनिक हातहतियार , हेलिकोप्टर , लडाकु विमान , माइलौंसम्म तार जाली र सिमा गश्ती एजेनट सहित फौज तैनाथ गरिने बताएक छन् ।

 

प्रतिक्रिया दिनुहोस्