इन्डोनेसिया विमान दुर्घटना ट्राफिक जामले जोगायो



जाकार्ता (एजेन्सी)
उडान छुट्नु ठूलो समस्या हुनसक्छ, तर सोनी सेतियावान नामका ब्यक्तीका लागि यो इश्वरको बरदान सावित भएको छ । सोमबार इन्डोनेसियाको विमान कम्पनी लायन एयरको बोइंग विमान दुर्घटनामा यात्रा गरिरहेका १ सय ८९ सबैको मृत्यु भयो । उक्त आंकडा १ सय ९० पनि हुन सक्थ्यो, तर सेतियावान त्यो सौभाग्यशाली बन्यो, जसको ट्राफिक जाममा फसेर उक्त उडान छुट्न पुगेको थियो ।

बोइंगमा इन्डोनेसियाको अर्थ मन्त्रालयका करिब २० कर्मचारी यात्रा गरिरहेका थिए । यसमा आधा दर्जन सेतियावानका सहयोगी नै थिए । सेतियावानले एएफपीसँग भने– मलाई थाहा थियो, मेरा साथीहरु उक्त फ्लाइटमा थिए । फ्लाइट मिस भएपछि सेतियावन अर्को उडानबाट पंगकल पिनांग विमानस्थल पुग्दा मात्र उनलाई उक्त दुर्घटनाको जानकारी भयो ।

इन्डोनेसियाको लायन एयर विमान सोमबार जाकार्ताबाट उडान भरेको केहि मिनेटपछि नै दुर्घटनाग्रस्त भएको थियो । विमान जेटी–६१० जाकार्ताबाट पंगकल पिनांग गइरहेको थियो । उडान भरेको १३ मिनेटपछि विमानसँगको सम्पर्क विच्छेद भएको थियो । सम्पर्क विच्छेद हुनु अगाडी नै पाइलटले विमान फिर्ता गर्ने संकेत दिएको बताइएको छ ।

सामान्यतया आफु र आफना साथीले सोही उडानमा यात्रा गुर्न पर्ने रहेको सेतियावानले बताए । सोमबार टोलरोडमा ट्राफिकको स्थिति किन त्यसतो खराब थियो आफुलाई थाहा नभएको उनले बताए । प्राय उनी जाकार्ता विहान ३ बजेसम्म पुगिन्थ्यो तर दुर्घटनाको दिन विहान ६ बजेर २० मिनेटमा मात्रै उनी पुगे र उडान छुटे । लायन एयरका अनुसार उक्त फ्लाइट १ घण्टा १० मिनेटमा पंगकल पिनांगमा पुग्नु थियो ।

विमानमा १ सय ८१ यात्री सवार थिए, जसमा एक बच्चा र दुई नवजात पनि परेका थिए । ती बाहेक ८ जना चालक दलका सदस्य थिए । ती सबै १ सय ८९ जनाको दुर्घटनामा ज्यान गएको छ ।

दुर्घटनापछि राहत तथा उद्धारकार्यमा लागेकाहरुले सोमबार जाभा सागरमा मानव अवशेष, विमानको भग्नावशेष र यात्रीहरुको निजी सामान प्राप्त गरेका थिए । दुर्घटनामा परेकाहरुका परिवारजन विमानस्थलको राहत केन्द्रमा एकत्र भइ आफना प्रियजनका बारेमा जानकारी लिन प्रयासरत थिए ।
इन्डोनेसियका राष्टपति जोको विडोडोले दुर्घटनाको जाँचको आदेश दिएका छन् र इन्डोनेसिया जनतासँग ‘प्रार्थना गर्न ‘ अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्