भारत: पत्रकार र प्रहरी मारिए



नयाँदिल्ली,(एजेन्सी)
माओवादीको आक्रमणमा परेर भारतको राष्ट्रिय टेलिभिजना दुरदर्शन का एकजना क्यामराम्यान र दुईजना प्रहरीको ज्यान गएको भारतिय संचार माधयमले जनाएको छ । माओवादी गतिविधि निकै सक्रिय रहेको मानिने मध्य राज्य छत्तिसगढमा मंवगलावार बिहान तिनीहरु एम्वुसमा परेको बताइएको छ ।

केहि दिन अघि मात्र ति माओवादी लडाकुहरुले भारतको मध्य अर्धसैनिक फौजको एउटा सवारी साधनमा विस्फोट गराउँदा चाजना सैनिकको मृत्यु भएको थियो । आगामी महिना छत्तिसगढमा राज्य विधानसभाको चुनाव हुँदैछ । चुनाव सम्बन्धी समाचार संकलन गर्न दुरदर्शनको टोलि त्यहाँ गएको थियो ।

प्रतिक्रिया दिनुहोस्