जनता बैंकद्वारा भारतबाट रेमिट्यान्स सेवा शुरु



काठमाडौं, (नेस)
जनता बैंक नेपालले भारतबाट पनि रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । ‘जनता रेमिट’ मार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा पु¥याउँदै आएकोमा अब देखि भारतमा रहेका ग्राहकले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन् ।

एक्सिस बैंक, भारत र जनता बैंक नेपालबीच हालै भएको सम्झौता अनुसार अब भारतमा रहेका नेपालीले जनता रेमिटमार्फत सुलभ रुपमा आफन्त तथा सिधैं जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् । रेमिट्यान्स कारोबारको लागि एक्सिस बैंकको भारत भरी रहेका ३५०० शाखामार्फत जनता रेमिटमा पैसा पठाउन सकिने छ ।

एक्सिस बैंकबाट जनता रेमिट मार्फत पठाइएको रकम देशभरी रहेका जनता बैंकको १२६ शाखाको अतिरिक्त करिब १७ हजारको संख्यामा रहेका सम्सारा रेमिट, आईपे रेमिट, बुम रेमिट, जीएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिनेछ । जनता रेमिट सेवा निकट भविष्यमै मलेशिया, कुवेत, कतार, ओमान र यँएईबाट समेत शुरु तयारीमा रहेका बैंकले जनाएको छ ।

जनता बैंकको १२६ शाखा सञ्जाल, ४० शाखा रहित बैंकिङ, २ सीमित बैंकिङ इकाई, २ एक्सटेन्सन काउन्टर र ७१ एटीएमबाट सरल र सहज रुपमा बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्