रियलका प्रशिक्षक बर्खास्त



लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगा क्लब रियल मेड्रिडले आफ्ना प्रशिक्षक युलेन लोपेटेगुइलाई बर्खास्त गरेको छ ।

क्लबमा ४ महिना मात्र बिताएका लोपेटेगुइलाई रियलले बखर्Þास्त गरेको हो । जारी सिजनको सुरुवातदेखि रियलले खस्कंदो प्रदर्शनको कारण लोपेटेगुइलाई हटाएको हो ।

विश्वकप सुरु हुन एक दिन अघिमात्र स्पेनको मूख्य प्रशिक्षकको भूमिकाबाट बर्खास्त भएका लोपेटेगुइले त्यसयता रियल सम्हालेका थिए । तर ला लिगामा खराब प्रदर्शनका कारण क्लबले उनलाई हटाएको छ ।

गत आइतबार बार्सिलोना विरुद्धको एल क्लासिकोमा ५–१ को हार बेहोरेपछि लोपेटेगुइलाई बर्खास्त गर्नुपर्ने कुरा उठेको थियो । हाल लिगमा रियलको विगत १८ वर्षकै सबैभन्दा फितलो सुरुआत समेत भएको क्लबले जनाएको छ ।

सोलारी अन्तरिम प्रशिक्षक
स्पेनिस क्लब रियल मेड्रिडले जुलन लोपेटेगुईलाई बर्खास्त गर्दै अन्तरिम प्रशिक्षकमा सान्टियागो सोलारीलाई नियुक्त गरेको छ । सोलारी रियलका पूर्व खेलाडी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्