सौगात र श्रवण प्रिक्वाटरमा



काठमाडौं, (नेस)
नागबहालका सौगात शाक्य र श्रवण शाक्य “१० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिताअन्तर्गत यु –१५ तर्फ प्रिक्वाटरमा प्रवेश गरेका छन् ।

सौगातले दथुलंका रोजेश तण्डुकारलाई २१–४ र २१–१२ ले तथा श्रवणले अल्कोका निर बज्राचार्यलाई २१–७ र २१–१९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।

यस्तै भिन्छेबहालका मौलिक बज्राचार्यले नागबहालका राहुल डङ्गोललाई २१–१५, २१–११ ले, नागबहालका नुजल शाक्यले दथुलंका दिप्लभ तण्डुकारलाई २१–७, २१–४ले, चाकुपाटका सुजल शाक्यले नागबहालका आयुष धाख्वालाई २१–७, २१–११ले, नागबहालका आर्यन महर्जनले भिन्छे.बहालका बिशेष बज्राचार्यलाई २१–८, २१–११ ले पाखा लगाउंदै अन्तिम १६ प्रवेश गर्न सफल भए ।

पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ नागबहालका ससिन डङ्गोल र सुमित शाक्यको जोडी तथा चक्रबहिलका अभिन ताम्राकार र श्रीजन ताम्राकारको जोडी पनि अन्तिम १६ मा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्